बुटवल, ३१ साउन-बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जनाको कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुका हुन् । उनी २९ साउनमा उपचारका लागि आएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयूमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार ती बिरामीको पहिलाेको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट उनकाे नतिजा पोजिटिभ आएको अस्पतालले जनाएकाे छ ।