प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

 न्यूज विराट
प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो ।

सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले कुवेलामा प्रधानमन्त्री केपी ओलीले असंबैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

कोरोनाको महामारीबाट पीडित भएका जनतालाई राहत दिनुपर्ने, युवाहरूलाई रोजगारी दिनुपर्ने, कोरोना खोप खरिद गरेर जनतालाई सुरक्षित राख्नु पर्ने वेलामा प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेर जनतालाई राहत नभई सास्ती दिएको आचार्यको भनाई छ । नेकपाले जनताको मतको अपमान गरेको आचार्यको आरोप छ ।

बिरोध सभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केपी ओलीको सरकारले आफू सरकारमा टिकिरहन र सर्वसत्तावाद लाद्न असंबैधानिक कदम चालेको बताए । पराजुलीले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमको जति भत्सना र बिरोध गरेपनि कम हुने बताए ।

बिरोध सभालाई स्थानिय नेताहरूले पनि सम्बोधन गरेका थिए । ओलीको असंबैधानिक कदमको बिरुद्धमा देशव्यापी माहोल सिर्जना गर्न कांग्रेसले हरेक निर्वाचन क्षेत्रमा ¥याली, सभालगायतका बिरोध कार्यक्रम आयोजना गरिरहेको छ ।

सम्बन्धित समाचार

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४...

एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔँः माधव नेपाल

काठमाडौं, २९ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार...

पत्रकारको सुरक्षाका लागि एनएम ९५ माक्स हस्तान्तरण

विराटनगर,साउन २३–अग्रपङ्ती खटिइ समाजलाई कोभिड–१९ सङक्रमण फैलिन नदिन सुशुुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरुको सुरक्षाका लागि ध्यान दिइनुपर्नेमा सहभागीले जोड दिइएका छन्। लायन्स क्लव तथा लियो क्लव विराटनगरले नेपाल पत्रकार महासंघ मोरङका पत्रकारहरुलाई कोभिड–१९ बाट...

काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै

काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर...

बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो । पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्