काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै - News Birat

काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै

न्यूज विराट

काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंमा भने नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । पर्यटन बोर्ड अगाडि बाटो छेकेर मञ्च निर्माण गरिएको छ । नेता श्रेष्ठले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दाबी गरेका छन् । भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles