प्रदेश १ कोरोना नियन्त्रण उन्मुख, अब ४१० जना सक्रिय संक्रमित

 न्यूज विराट
प्रदेश १ कोरोना नियन्त्रण उन्मुख, अब ४१० जना सक्रिय संक्रमित

विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए ।

उनका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । आज १५ जना संक्रमित थपिएका छन ।

मोरंगको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको विर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

काठमाडौं, २५ जेठ-नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।...

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन...

माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश

इलाम, फागुन १६–इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार-आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्