भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

 न्यूज विराट
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

नयाँदिल्ली १८ पुस-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार ७८८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २२४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार २१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार ३८७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५० हजार १८३ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार ५८५ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताउनुभएको थियो । (रासस/सिन्ह्वा)

सम्बन्धित समाचार

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

समाजसेवी दिनबन्धु गोयलद्धारा १४ घर हस्तान्तरण

विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा तिम्सिना विजयी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल ईकाईमा आज सम्पन्न निर्वाचनबाट कमला तिम्सिना सभापतिमा निर्वाचित हुनुभएको छ । ७ सदस्यीय कार्यसमितिका लागि सभापतिमा दुईजनाको उम्मेदवारी परेको थियो । जसमा तिम्सिनाले २७ र अर्का प्रत्यासी दिपेन्द्र...

मुग्लिन सडक : सास्तीमाथि सास्ती

चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...

पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्