तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 न्यूज विराट
तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय रोहित साहको मृत्यु भएको हो ।

ट्याङकरको ठक्करबाट गम्भिर घाइते बनेका साहको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

भीख माग्ने अवस्थाको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १४ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छन् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल...

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग

एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग...

मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...

विराटनगरमा ‘मास्क’ को कालोबजारी, ५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ सम्म

विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्