प्रदेश २ मा ओली पक्षको भेला, पूर्वमाओवादी संसदीय दलका नेता मण्डल समेत सहभागी

 न्यूज विराट
प्रदेश २ मा ओली पक्षको भेला, पूर्वमाओवादी संसदीय दलका नेता मण्डल समेत सहभागी

काठमाडौं, १५ पुस-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको प्रदेश २ को कायकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वीरगञ्जस्थित आदर्शनगर टाउन हलमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । पार्टीको औपचारिक विभाजनको सन्देश दिन भन्दै भेला आयोजना गरिएको प्रदेश संसदीय दलका नेता सत्यनरायण मण्डलले बताएका छन् ।

भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, सत्यनरायण मण्डल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा अन्य नेताहरु आइपुगेपनि महासचिव पौडेल र नेता महासेठ आउन बाँकी छ । केही बेरमै उनीहरु दुबैजनासँगै आइपुग्ने एक सांसदले बताइन् ।

प्रचण्ड निकट मानिएका प्रदेश २ का तत्कालीन माओवादी संसदीय दलका नेता रामचन्द्र मण्डलसहित पूर्व माओवादीका तीनजना प्रदेशसभा सदस्य समेत कार्यक्रममा सहभागी भएका छन् ।

सो कार्यक्रम मण्डलले नै संचालन गरिरहेका छन् । प्रदेशका ओली पक्षधर केन्द्रिय सदस्यसँगै प्रदेश तथा प्रतिनिधिसभा सांसद, मेयर–उपमेयर लगायतका नेताहरु समेत कार्यक्रममा सहभागिता छ ।

सम्बन्धित समाचार

भदौ २२ भित्र दल रोजिसक्नुपर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय २२ भदौसम्मका लागि मात्रै उपलव्ध गराउने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशले विभाजित दलमा आवद्ध हुन २१ दिनको समय दिने व्यवस्था...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

हिसान स्पोर्टस् मिट सुरू, उद्घाटनमा आधा दर्जन कलेज विजयी

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट...

कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथामिकता राखेर ल्यायो नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा...

पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

बुटवल, ९ असार-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ । तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो...

राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना महामारी विरुद्धको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्