
बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी
बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...
ताप्लेजुङ, १४ पुस-ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।
स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।
हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो ।
सो हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।
शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।
बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् ।
जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ । यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो ।
‘हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ’, उनले भने । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए ।
फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।
बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...
विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...
काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी...
विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...
धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम...
नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक...
पोखरा, १५ चैत-कोरोना संक्रमण रोक्न सरकारले मुलुक ‘लकडाउन’ गरेपछि काम विहीन भएका विपन्न मजदुर परिवारलाई बागलुङ बजारमा खाना खुवाउन थालिएको छ । शालिग्राम संग्रहालय र तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा...
एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.