अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

 न्यूज विराट
अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

काठमाडौं, १० पुस-अनेरास्ववियूका सहसंयोजक रञ्चित तामाङको समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ । संगठनको नीति, निर्णय र विधान विपरीतका काम जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार महरलाई संयोजक पदमा नरहने गरी सहसंयोजक तामाङको समूहले कारबाही गरेको हो । उनले आफ्नो पक्षमा बहुमत सदस्य अर्थात ३३५ सदस्सीय केन्द्रीय समितिमा २१७ जनाले कारबाही गरेकाे जानकारी दिएका छन्।

आज विज्ञप्ति जारी गर्दै सहसंयोजक तामाङ समूहले महरलाई कारबाही गर्नुका साथै सो कारबाहीलाई अनुमोदन गर्नका लागि  नेकपाका केन्द्रीय कमिटीसमक्ष  सिफारिससमेत गरेको छ ।

‘विगतमा पटकपटक सम्झाउँदा पनि रूपान्तरण नभइ संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी  कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि नेकपाका केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको छ,’ सहसंयोजक तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथैनिकट भविष्यमा वस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकबाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइनेसमेत जानकारी गराउँछौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदम चालेसँगै त्यसको असर नेकपा विद्यार्थी संगठनमा पनि देखिएको छ । अनेरास्ववियूका संयोजक महर ओली र तामाङ प्रचण्ड-माधव समूहनिकटका मानिन्छन् ।  ओली पक्षले यसकाे प्रतिवाद गर्दै तामाङको समूहलाई समेत कारबाहीकाे तयारी गरेकाे बुझिएको छ ।

सम्बन्धित समाचार

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

भारत पुगेर फर्केकालाई खाेज्दै प्रहरी, सप्तरीमा भेटिए १९ जना

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार  सप्तरीमा आठ जना फेला परेका छन् । वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस...

लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् । उनीबिरुद्ध...

कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र  आयोगका पदाधिकारबीच भइरहेको हो । आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

मोरङ, १८ कात्तिक-प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्