प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

 न्यूज विराट
प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० पुस-प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ प्रक्रिया थालेको हो ।   संवैधानिक इजलासमा बहसका क्रममा अधिवक्ताहरूले ९ दिनभित्र सरकारबाट लिखित जवाफ झिकाउन माग गरेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ थालिएकाे हाे ।सर्वोच्चमा परेका रिटमाथि बुधबार भएको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । साेहीअनुसार उनै राणाकाे नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलासमा गठन गरी ती रिटमाथिकाे सुनुवाइ अघि बढाइएकाे हाे ।

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाख गरी दुई चरणमा गर्नेगरी निर्वाचन मिति घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् । वरिष्ठ अधिवक्तासहित सांसदहरुको समूहले पनि रिट हालेको छ ।

शुरुमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले शुरुमा सुनुवाई गरेर संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । एउटा रिट भने शुरुमै संवैधानिक इजलासमा दर्ता भएको थियो । त्यसपछि सबै रिटलाइ एकसाथ राखेर सुनुवाई शुरु भएको छ ।

सर्वोच्चका वरिष्ठ न्यायधीशहरुबिनाको इजलास गठन भएपछि शुरुमै रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलासमै अनसन्तुष्टि व्यक्त गरेका थिए । बहसका क्रममा अधिवक्ता र प्रधानन्यायधीश राणाबीच बारम्बार सवाल जवाफ समेत भएको थियो ।

बहसकै क्रममा अधिवक्ता सुजन नेपालले संसद विघटनको निर्णय सर्वोच्चले खारेज गर्नुपर्ने बताएपछि राणा केही आक्रोशित समेत देखिएका थिए । उनले सर्वोच्चलाई धम्काउन आएको ? भन्दै नेपाललाई बस्न निर्देशन दिएका थिए ।

साथै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सरकारको निर्णयमा राष्ट्रपतिले ‘ल्याप्चे लगाएको’ भनेपछि प्रधानन्यायधीश राणाले यस्ता शब्द नबोल्न भनेका थिए । जनमतप्राप्त दलले सरकार चलाउँदिन चुनावमा जान्छु भन्न नपाउने भन्दै बहसकर्तालाई प्रश्न गरेका थिए, राणाले ।

सम्बन्धित समाचार

भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...

प्रदेश १ मा २७ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, १८ साउन–प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २...

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

सञ्चारकर्मीलाई तलब र सञ्चार क्षेत्रलाई राहत देउ : प्रेस युनियन

नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जर्नाको छ । युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा...

कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...

बजेट बनाएर सुझाव माग्न सचिवालय बैठक बोलाउनुको अर्थ छैनः प्रवक्ता श्रेष्ठ 

काठमाडौं, १० जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालय बोलाउनुको कुनै अर्थ नभएको बताएका छन्...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्