वामदेव गौतम आधिकारिक नेकपामा जाने

 न्यूज विराट
वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।

प्रचण्ड–माधव नेपाल समूहले निवासमै पुगेर नेता गौतमलाई आफ्नो पक्षमा आउन आग्रह गरे पनि उनले निर्णय गरेका छैनन् । ७ पुसमा दुई पक्षले बैठक बसिरहँदा सचिवालयका अर्का सदस्य रामबहादुर थापा बादलसँग छलफल गरेर बसेका थिए ।

बादल भने बिहीबार बालुवाटारस्थित ओली समूहको बैठकमा सहभागी छन् । ओली समूहले गौतमपत्नी तुलसा थापालाई पार्टी केन्द्रीय कमिटी समस्य मनोनित गरेको छ । तर, उनी पनि बैठकमा सहभागी छैनन् । पद अस्वीकार पनि गरिसकेकी छैनन् ।

नेता गौतमले आफू प्रस्तावित दुवै पार्टीतर्फ नलाग्ने बताएको स्वकीय सचिव दीपक टमटाले बताए । उनले भने, ‘उहाँ अझै पनि पार्टी एकता जोगाउन सकिन्छ भन्ने भन्ने प्रयासमा हुनुहुन्छ । त्यसैले प्रस्तावित पार्टीका बैठकमा नजानुभएको हो । पार्टी औपचारिक रूपमै फुटे आधिकारिक नेकपामा जाने भन्नुभएको छ ।’

नेकपाका दुवै समूहले आफूलाई आधिकारिक दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । गौतमको सचिवालयको दाबीअनुसार, उनी निर्वाचन आयोगले आधिकारिता नटुंग्याउँदासम्म कुनै समूहमा लाग्ने छैनन् ।

सम्बन्धित समाचार

अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा, अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम

काठमाडौं, ३ असोज । सरकारले आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन...

महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...

मृगको मासु भाग लगाइरहेका ७ जना पक्राउ  

गोरखा, ३ जेठ-गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको सिकार गरेको आरोपमा ७ जना पक्राउ परको छन् । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

विद्युतको पोलबाट ढलेर मजदुरको मृत्यु

डडेल्धुरा, ४ असार-कञ्चनपुरमा विद्युतको पोलबाट लडेर १ मजदुरको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० मा विद्युत् विस्तारका क्रममा पोलबाट लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-९ का २५ वर्षीय रोहित लुहार रहेका...

शनिबार उपत्यकाका ८ जनासहित देशभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ असार-शनिबार उपत्यकाका ८ जनासहित ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका ७ जना र काठमाडौंका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता...

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्