विद्युतको पोलबाट ढलेर मजदुरको मृत्यु - News Birat

विद्युतको पोलबाट ढलेर मजदुरको मृत्यु

न्यूज विराट

डडेल्धुरा, ४ असार-कञ्चनपुरमा विद्युतको पोलबाट लडेर १ मजदुरको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० मा विद्युत् विस्तारका क्रममा पोलबाट लडेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-९ का २५ वर्षीय रोहित लुहार रहेका छन् । विद्युतका तार जडानका लागि पोलमा चढेका उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles