रामबहादुर बम्जनको आश्रममा सीआईबीकाे छापा - News Birat

रामबहादुर बम्जनको आश्रममा सीआईबीकाे छापा

न्यूज विराट

काठमाडौं ४ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ । उनीमाथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो । सोही अभियोगमा पक्राउ पुर्जि जारी भएका बम्जनलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको हो ।

तर, उनी आश्रममा नभेटिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यसअघि ४ माघमा समेत प्रहरीले छापा मारेको थियो । यो बम्जनको आश्रममा छापा मारेको दोस्रो पटक हो ।

सीआईबीको टोली बिहीबार कुकुर सहित बम्जनको आश्रम पुगेको थियो । ठूलो जंगलको बीचमा उनको आश्रम भएको कारण उनी त्यहीँ जंगलबाट भागेको अनुमान प्रहरीको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles