‘प्रहरीले बलात्कारको घटनाको उजुरी स्वविवेकले दर्ता गर्नुपर्छ’

 न्यूज विराट
‘प्रहरीले बलात्कारको घटनाको उजुरी स्वविवेकले दर्ता गर्नुपर्छ’

विराटनगर, ८ पुस-बलात्कारको घटनाका सम्वन्धमा प्रहरीले स्वविवेकले उजुरी दर्ता गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नं १ द्वारा आज अपरान्ह विराटनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व जिल्लाको पूर्व समीक्षा तथा मानव अधिकार तथा मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले मुस्ताङमा गाई काटेको घटना प्रहरीले स्वविवेकले दर्ता गरेको तर उद्यपुरमा बाबुद्वारा छोरी बलात्कारको घटना दर्ता नगरी महिलालाई जनावरभन्दा तल्लोस्तर राखेकोमा आक्रोश पोखेका छन् ।

सहभागीहरुले वहु विवाहमा सजाय वृद्धि गर्नुपर्नेमा जोड दिदै कोरोनाको कारण विगतमा राज्यमा लागु गरिएको बन्दाबन्दीका समयमा जातजाति, धर्मका आधारमा समाजमा वहिष्कार गरिएको, उक्त समयमा श्रमिकले भोग्नु परेको पीडा, सो समयमा प्रहरीले गरेको ज्यादती, कुटपिटको तथ्याङक सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले प्रदेश सरकारले मानवअधिकार संरक्षणको ठोस कार्य अनुरुप कारगार सुधारलाई सुदृढ गर्ने, प्रदेश प्रहरी ऐनमा मानवअधिकार मैत्री र सम्मान गर्ने उल्लेख गरिएको बताए ।

उनले संविधानमा स्पष्ट रुपमा तीन तहका सरकारले मानवअधिकार सरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ भन्दै इन्सेकले रिपोर्ट सार्वजनिक गर्दा प्रदेशका अन्य मानवअधिकारी संघसंस्थाको प्रतिवेदन समावेश गरेमा यो नेपालको मानवअधिकारको दस्तावेज हुने छ भने ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सहोदर छोराले कोरानाका कारण मृत्यु भएका आमाको शवलाई छोडेर गएको अवस्थामा प्रशासनले दाहसंस्कार गरेको जानकारी दिनु हुदै मानवअधिकार प्रति सम्मान रहेको धारणा राखे । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश निर्देशक नितु गड्गौता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानवहादुर राई , डिगवहादुर घिमिरे र एविसी नेपालका विष्णु शर्मा पन्त लगायतले जातिय विभेद, बाल विवाह, वहु विवाहको तथ्याङक कम उल्लेख भएको आशंका व्यक्त गरे । इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले प्राप्त सुझावहरुलाई आगामी दिनमा समावेश एवं सुधार गर्दै लैजाने बताउनु भयो ।

सम्बन्धित समाचार

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

प्रदेश २ मा  आज ८२ जना कोरोना संक्रमित थपिए

जनकपुर, १९ जेठ-प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुष छन् । काठमाडौँको जनस्वास्थ्य...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

विराटनगर । स्रोत नखुले २२ लाख रुपैयाँसहित प्रहरीले विराटनगरबाट एक जना १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्