आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

 न्यूज विराट
आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १६१, बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनबर्षी, केराबारी र जहदामा १–१, झापाको विर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६–६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाहृदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराहक्षेत्रमा ४, रामधुनी, बर्जु र गढीमा ३–३, धरान, दुहवी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, हरिनगर, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १–१, खोटाङको बराहपोखरी र दिप्रुङमा १–१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेहृथुमको मेन्छयायम र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र १२० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।...

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...

टेलिभिजन सेवा प्रदायकहरू एकजुट भए

काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्