प्रदेश २ मा  आज ८२ जना कोरोना संक्रमित थपिए

 न्यूज विराट
प्रदेश २ मा  आज ८२ जना कोरोना संक्रमित थपिए

जनकपुर, १९ जेठ-प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुष छन् ।

काठमाडौँको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार सिरहाका सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनका ५ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हंसपुर नगरपालिकाका २ पुरुषहरूमा संक्रमण पुष्टि भएकाे छ ।

त्यसैगरी, महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषमा संक्रमण पुष्टि भएकाे छ । सर्लाहीको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिकाका ४ जना र हरिपुर नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मध्ये ३ जना महिला छन् ।

सम्बन्धित समाचार

महिला दिवसमा जिफन्टद्धारा कोशी अस्पतालका विरामीलाई फलफूल वितरण

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सुत्केरीलाई फलफूल वितरण गरेको छ ।जिफन्ट कोशी प्रदेशले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरस्थित कोशी अस्पतालको प्रसूति विभागमा रहेका सुत्केरीलाई शुक्रबार...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो । बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन

विराटनगर । युवा व्यवसायी एवम् समाजसेवी यश बगडीयाले विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । अरुले अनावश्यकरुपमा मोटो रकम खर्चिएर तडकभडक गर्दै जन्मदिन मनाउने गरेको भएपनि बगडीयाले भने विपन्न परिवारलाई सहयोग...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्