मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे भएन छलफल

 न्यूज विराट
मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे भएन छलफल

मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने प्रस्तावमा छलफल नै नभई बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे प्रस्ताव नआएको एक मन्त्रीले बताए ।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकबाटै अध्यादेश फिर्ता लिने निर्णयको थियो ।प्रधानमन्त्री ओलीले आजको बैठकबाट निर्णय गरेर अध्यादेश फिर्ताको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषद् बैठक अध्यादेशबारे छलफल नगरी सकिएको हो ।

प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो ।

स्थायीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाए तापनि बिहीबार सो अध्यादेशबमोजिम संवैधानिक परिषद्को बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेर आपत्ति जनाएका थिए ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि अध्यादेश फिर्ता नभएसम्म परिषद्को बैठकमा नआउने अडान राखेका थिए । त्यसपछि आज डाकिएको परिषद्को बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल २०२१/२२ को प्रेसिडेन्ट र प्रथम महिला चयन हुनुभएकोमा रोटरियन शेखर मेहता र रोटरियन राशी मेहता ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । साथै प्रथम महिला राशी मेहता रोटरी क्लब अफ...

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...

सुनवर्षीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्