श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

 न्यूज विराट
श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत सामग्री वितरण गरेको हो ।

साथै, स्थानीय सरकारको राहत कोषमा आफ्ना देशभर रहेका सबै इकाइमार्फत आर्थिक रकम जम्मा गर्ने र सम्बन्धित वडा समितमार्फत जिन्सी सहयोग वितरण गर्ने कार्य पनि जारी रहेको परिषदले जनाएको छ ।

राहत र सहयोगलाई व्यवस्थित गर्न सेवा समितिका अध्यक्ष श्याम केसीको संयोजकत्वमा भोलानाथ दाहाल, नमराज ढकाल, शारदा शर्मा, मात्रिका प्याकुरेल र सुनिता भट्टराईसमेतको केन्द्रीय समन्वय समिति गठन गरिएको छ । यसैगरी, जिल्लाहरूमा समेत तीनैवटा संस्थाको सहयोग समिति गठन गरिएको छ र सुरक्षितका साथ सहयोग वितरण भइरहेको छ ।

अहिलेसम्म श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल, इटहरीबाट १ लाख, श्रीकृष्ण प्रणामी धर्मधाम, चितवनबाट ५१ हजार, श्रीकृष्ण प्रणामी नवतनधाम, काठमाडौंबाट १ लाख ३ हजार, स्थानीय पालिकाहरूको राहत कोषमा दिने निर्णय भएको छ भने श्रीकृष्ण प्रणामी सदगुरु सदन झापाबाट दुईवटा नगरपालिकामा ५१/५१ हजार रुपैयाँ प्रदान गनेृ निर्णय भएको छ ।

विराटनगर मन्दिरबाट २ वडालाई २५/२५ हजार र झापा चारपाने मन्दिरबाट नगरपालिकालाई ५१ हजार रुपैया सहयोग गरिएको छ । यसका साथै विराटनगर, मकवानपुरलगायत धेरै समितिबाट स्थानीय राहत कोषमा सहयोग उपलब्ध गराउने क्रम जारी रहेको सेवा समितिका उपमहासचिव भोला दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं, १५ जेठ-भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।...

प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

काठमाडौं, १० पुस-अनेरास्ववियूका सहसंयोजक रञ्चित तामाङको समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ । संगठनको नीति, निर्णय र विधान विपरीतका काम जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार महरलाई संयोजक पदमा नरहने गरी सहसंयोजक तामाङको समूहले कारबाही...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १२ बजे ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्