कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन : देउवा

 न्यूज विराट
कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन : देउवा

काठमाडौं, २९ मंसिर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजेपनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताए ।

उनले ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको दाबी गरे । उनले वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कार जस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधी खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतले सरकार जनताको हितमा खटिनु पर्ने समयमा आफ्नै स्वार्थमा डुबेकाले जनताको पक्षमा कांग्रेस सडकमा उत्रिएको बताए । विरोधसभा अघि हेटौंडाको सानोपोखरा, चौकीटोली, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री चोकबाट र्‍याली निकालिएको थियो ।

सम्बन्धित समाचार

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...

अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै बुद्ध एयर 

काठमाडौं, ४ असार-निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

खुकुलो ‘लकडाउन’लाई ७ साउनसम्म लम्ब्याउने निर्णय

काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...

ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्