अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै बुद्ध एयर 

 न्यूज विराट
अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै बुद्ध एयर 

काठमाडौं, ४ असार-निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो ।

बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट ५ लाख युरोमा खरिद गरेर ल्याएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ ।

एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीको वरिष्ठ क्याप्टेन (इन्सट्रक्टर पाइलट) प्रमोद थापाले बताए । उनले सिमुलेटरमार्फत् पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने बताए ।

‘उडान सुरक्षालाई मजबुद बनाउनुका साथै पाइलटको क्षमता र दक्षताका लागि धेरै उपयोगी हुन्छ, सम्भवतः यो दक्षिण पूर्वी एसियामा पहिलो हो’, क्याप्टेन थापाले भने ।

उनका अनुसार यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ । कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने उनको भनाइ छ ।

एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत् चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । सुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ ।

क्याप्टेन थापाले सिमुलेटरमा ‘स्किल टेस्ट’ र ‘नलेज टेस्ट’ हुने र मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने बताए । उनले भने, ‘उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशा लगायतको जानकारी लिनका लागि यो सिमुलेटरबाट प्रभावकारी हुनेछ ।’

पहिला यही प्रकृतिको तालीमका लागि थाइल्याण्डको बैंकक जानुपर्ने बाध्यता थियो । यो प्रविधि सञ्चालनपछि अब नेपालमै सहज रुपमा प्राविधिक क्षमता अभिवृद्धि गर्न उपयोगी हुनेछ । जहाजको कपपिट जस्तै सिमुलेटरमा ‘मेनुअल फङ्सन’ का आधारमा हुन्छ । यसले उडानको जहाजको गति, दूरी, अवतरणका लागि अपनाउनुपर्ने सजकता तथा जहाजमा कुनै पनि किसिमको समस्या आएमा त्यसलाई कसरी निराकरण गर्ने भन्ने गाइड गर्ने जनाइएको छ ।

उदाहरणका लागि काठमाडौं–कोलकात्ताको उडान गर्दा त्यहाँको ‘होल सिनारियो’ सिमुलेटरबाट प्रशिक्षण दिन सकिन्छ । धावनमार्गको कतापट्टिबाट कसरी अवतरण गर्ने भन्नेबारे सहज जानकारी दिन सकिन्छ । नयाँ प्रविधिबारे बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रत्यक्ष अवलोकन गराएको थियो । रासस 

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

एनसिडिए मोरङका अध्यक्ष ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङका अध्यक्ष देशबन्धु ढकाललेले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको दोस्रो पटकको दण्ड प्रणाम यात्रा हो ।दण्ड प्रणाम यात्राका लागि उनी...

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन...

मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्