देशव्यापी प्रदर्शनका लागि कांग्रेसले तोक्यो शीर्ष नेताको सम्बोधन क्षेत्र

 न्यूज विराट
देशव्यापी प्रदर्शनका लागि कांग्रेसले तोक्यो शीर्ष नेताको सम्बोधन क्षेत्र

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २९ मंसिरमा गर्न थालेको देशव्यापी प्रदर्शनको लागि शीर्ष नेताको कार्यक्षेत्र तोकेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बाेधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा हेटौँडामा हुने प्रदर्शनमा सहभागी हुने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको प्रदर्शनमा सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्नेछन् ।  सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रेमा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेताहरू रामशरण महत, चित्रलेखा यादव, अर्जुनरसिंह केसी, गगन थपा, प्रदीप पौडेलले क्रमश: चितवन, सप्तरी, कास्की, कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन् । कांग्रेसले प्रदर्शनको क्रममा लगाउने १० नारा पनि तय गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...

रविदानन्द चौधरी स्मृति कपको उपाधि रंगशाला भेट्रानलाइ

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको विराटनगरको रंगशाला भेट्रान क्लबले जितेको छ । विराटनगरको विराट युनाइटेड भेट्रान क्लब फाइनल खेल्न नआएपछि वाकओभरको आधरमा रंगशाला भेट्रान क्लबले बुधबार उपाधि जितेको हो...

कोशी प्रदेश सभाको बैठक ३ बजे बस्दै, बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको...

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

ब्राउन सुगरसहित पाँच जना पक्राउ, भारतबाट पैदल नेपाल आउँदै गर्दा नियन्त्रणमा

सुनसरी । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँच जना नेपाली नागरिकहरू लागू औषध ब्राउन सुगरसहित सुनसरीमा पक्राउ परेका छन्। पक्राउ परेको यो घटना लागू औषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय, लौकहीको संयुक्त सुराकी...

प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...

दातृ निकायको दबाबका कारण निजी क्षेत्रलाई चेपुवामा : उपाध्याय

बुटवल, फागुन ११–नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको दबाबका कारण सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाएका छन् । उनले अन्तराष्ट्रिय दातृ निकायहरूले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल...

सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । किसानहरुलाई मल विउपुजी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्