कोशी प्रदेश सभाको बैठक ३ बजे बस्दै, बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने

 न्यूज विराट
कोशी प्रदेश सभाको बैठक ३ बजे बस्दै, बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो ।

आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने कार्यसूची तय गरिएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्ने छन् । विश्वासको मतमा मन्सुरीलाई मतदात गराउने गठबन्धनले तयारी गरेको छ ।

सभामुखको भूमिका निर्वाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डलमा रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो।

‘बैठकको अध्यक्षता गर्नुहुने इस्राइल मन्सुरीले पनि मतदान गर्ने गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले बताए । एमाले र राप्रपाका सांसद बिदामा बसेपछि अध्यक्ष मण्डलमा रहेका कांग्रेसका मन्सुरीले बैठक सञ्चालन गर्नुपर्ने भएको छ।

यसअघि आफ्नो पक्षमा बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा दिन लगाएको गठबन्धनले एमालेबाट निर्वाचित उपसभामुख दनुवारले बैठक चलाए सहजै बहुमत पुग्ने रणनीति बनाएको थियो।

तर एमाले बैठक नै नचलाउने दिशामा गएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो। अध्यक्षता गरेका मन्सुरीलाई भोट हाल्नेबारे गठबन्धनले महान्यायाधिवक्तासहित प्रदेशका मुख्यन्यायाधिवक्तासँग पनि परामर्श गरेको गठबन्धनका एक नेताले जानकारी दिए । अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन ।

सम्बन्धित समाचार

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

विराटनगर ।  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा

ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५२ औं...

सौन्दर्यकर्मीको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।...

इप्रका नेमुवालाई सफलता, २९ केजी गाजासहित तीन जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय नेमुवा प्रहरीले २९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको बुढिगंगा गाउँपालिका ३ मुडेरी रमाईलो टोलबाट इप्रका नेमुवाका प्रमुख सही भुवन श्रेष्ठको कमान्डमा खटिएको प्रहरीले गाजासहित दुई जनालाई...

यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्