अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

 न्यूज विराट
अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

विराटनगर, २४ मंसिर–प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको बताए । मन्त्रालयमा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापन संवन्धि कार्यक्रममा उनले निजि अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए ।

उनले निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको बताए । विराटनगरमा निजी स्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय साँझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको मन्त्री घिमिरेको भनाई छ । उनले भने,‘ प्रदेश सरकार, महानगरपालिका र निजी अस्पतालवीच साँझेदारी हुने छ ।’ विराटनगर बाहिरका निजी अस्पतालहरुको फोहोर व्यवस्थापनबारे पनि छलफल भईरहेको मन्त्री घिमिरेको भनाई छ ।

फोहोर व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री घिमिरेले बताउनुभयो । उनले अस्पतालमात्र नभएर हरेक फोहोरको सफाईमा प्रदेश सरकार लागि परेको बताए । सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भईसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताए ।

उनले चालु आर्थिक बर्षबाट सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापनको काम व्यवस्थित हुँदै जाने बताए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले कोशी अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थानको काम सुरु भएको बताए ।

उनले फोहोर जलाउने नभई कमाउने माध्यमका रुपमा लिनुपर्ने बताए । कार्यक्रममा अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको फोहोर व्यवस्थापन संवन्धिको अध्यययन प्रतिवेदन प्रस्तुत गरेको थियो । हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पतालको फोहोर व्यवस्थापन व्यवस्थित नभएको बताए । कोशी कोभिड अस्पतालले फोहोर व्यवस्थापनको काम व्यवस्थित गरेको पाईएको बताए ।

सम्बन्धित समाचार

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

कीटनाशक झोल छर्किंदैमा कोरोना मर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

माओवादीले पारित गर्यो १२ बुँदे समसामयिक प्रस्ताव

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको...

लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा...

एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्