काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

 न्यूज विराट
काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३९३, ललितपुर ७५ भक्तपुर र ३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उपत्यकामा ६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ४ हजार ७८१, ललितपुर ९४० र भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर आज १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । आज ६ हजार २८६ जनाको स्वाब नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

कुल संक्रमितमध्ये २ लाख ३० हजार ५७३ जना निको भएका छन् । बुधबार थप १ हजार ४८३ जना निको भएको मन्त्रालयले जनाएको छ । आज देशभर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

रौतहट तस्कर र प्रहरीबीच झडप, १४ राउन्ड गोली चल्यो

काठमाडौं, २९ साउन-रौतहट तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका भन्ने सूचनाका आधारमा राँगा-भैँसी नियन्त्रणमा लिन गएको प्रहरी र राजपुर स्थानीयबीच  झडप हुँदा गोली चलेको छ । भारतीय सीमा जोडिएको...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ :...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्