विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

 न्यूज विराट
विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

सहिद रंगशालामा बिहीबार ६ : ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साविक बिजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।

घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो । विराटनगर ६१ औं वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलन खेलबाट बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको छ । घरेली टिमलाई फाइनलमा पु¥याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

विराटनगरमा बधुबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘लुका सकर राम्रो टिम हो । अग्दा कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘केरलाका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

नेपालमा पहिलो गोल्डकप खेल्न आएको केरलाको लुका सकर क्लब विराट गोल्डकपको फाइनलमा पुगेको हो । केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा लुका सकर रहेको छ ।

भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप फाइनल खेल्ने बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने । साविक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम संकटालाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने ।

चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

विराट गोल्डकप फुटबलको फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बायाबाट क्रमश : भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोका, कप्तान अर्साद, विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठ र प्रशिक्षक सन्तोष न्यौपने विराट गोल्डकपको ट्रफी उचाल्दै ।

सम्बन्धित समाचार

रोटरी क्लबले बखरीमा वितरण गर्यो राहत र स्वास्थ्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित बखरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र भागमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि क्लबले बखरी प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको...

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो । सिंघिया...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो...

कोरोनाबाट काठमाडौंमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो 

काठमाडौं, २२ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा १ जनाको मृत्यु भएको हो ।  ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्