रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

 न्यूज विराट
रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । उनी सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशकसमेत हुन् । यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेन छिन् । जजको रूपमा भने ‘डान्स इन्डिया डान्स-लिल चाम्स’की विजेता तेरियमा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन् ।

शोमा होस्टको रूपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला पक्का भएका छन् । रीमा र सुमन दुवै एकसाथ होस्ट गर्न निकै आत्तुर रहेको बताउँछन् ।

निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ ।’

निर्माता अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो रियालिटी शो कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ ।’

‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन-२’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रूपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

फुस छानो फेर्न एक अर्ब ३६ करोड विनियोजन

झापा, ३१ भदौ-झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं,   ९ भदौ-मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको...

पेट्रोलको खरिद मूल्य १८२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक...

लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

कोरोनाबाट थप सातको मृत्यु, २३१ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, १४ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्