सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

 न्यूज विराट
सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा भने टुंगो नलागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गत बुधबार पनि ओली सचिवालय बैठकमा उपस्थित भएका थिएनन् । उनी बैठकमा नआएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टी वरिष्ठ नेता खनालले भने आज ओली अनुपस्थित भए पनि सचिवालय बैठक नरोकिने बताएका छन् । उनले आज बस्ने सचिवाल बैठकले स्थायी समितिको बैठकको एजेण्डासमेत तय गर्ने बताए ।

आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षका राजनीतिक प्रदिवेदनमाथि छदफल हुने कार्यसूची छ । १३ मंसिरमा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए । उनले पेस गरेको लिखित प्रतिवेदनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई लगाएको आरोपको खण्डन गरेका थिए । ओलीअघि २८ कात्तिकमा प्रचण्डले १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । उनले आफ्नो प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्