सवारी लाइसेन्स परीक्षा खुला गरिँदै - News Birat

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

न्यूज विराट

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो ।

विभागले परीक्षाका लागि आवेदन दिन सक्ने जानकारी दिँदै सातवटै प्रदेशका लागि मन्त्रालयका कर्मचारीलाई सम्पर्क अधिकृत बनाएर खटाइसकेको जनाएको छ । जसमा प्रदेश १ का लागि ओमप्रकाश अधिकारी, २ का लागि कृष्णकुमार मिश्र, बागमतीका लागि राजन पोखरेल, गण्डकीका लागि डोलराज पराजुली, लुम्बिनीका लागि राजेन्द्रप्रसाद पन्थी, कर्णालीका लागि नवीन थापा र सुदूरपश्चिमका लागि छविराज जैसीलाई सम्पर्क अधिकृत तोकिएको छ।

आवेदकले सम्बद्ध अधिकृतहरूलाई सम्पर्क गरेर फारम भर्ने प्रक्रियामा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ । सम्बद्ध सम्पर्क अधिकृतहरूले आ-आफ्नो प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि आउने मागको मूल्यांकन गरेपछि मन्त्रालयको तजबिजमा यातायात कार्यालयहरूले फारम लिने र परीक्षाको तयारीका लागि काम थाल्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles