भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

 न्यूज विराट
भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भनेका थिए, ‘हामीलाई भारतीय वैज्ञानिकले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको सुरुवात गर्दैछौँ ।’ प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मिहिनेत गरेको पनि सो अवसरमा विपक्षी नेतालाई जानकारी गराएका थिए ।

अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिने गरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरूले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मी, कोभिडको उपचारमा खटेका जनशक्ति, वृद्धवृद्धा र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्री मोदीले बताए ।

भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

युरोपका राजदूतहरूलाई नेपालीको सहयोगका लागि तयार रहन निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले युरोपमा रहेका नेपालीबारे चासो राखेका छन् । कोरोना भाइरस संक्रमणको भयाभह स्थिति रहेको युरोपमा रहेका नेपालीका बारेमा चासो राख्दै त्यहाँस्थित नेपाली राजदूतहरूसँग कुराकानी गरेका हुन् । मन्त्री ज्ञावलीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी...

प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्