प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरंगको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुगेको छ । प्रदेश १ बाट आज सम्म ७ सय १० जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । उहाँका अनुसार आज सम्म प्रदेश १ मा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्