विश्वराज पोखरेल एआईजीमा बढुवा

 न्यूज विराट
विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने छन् ।

सोमबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।

८ मंसिरको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा १ एआइजी र ५ डीआइजी थप्ने निर्णय गरेको थियो । १ आइअजी सिफारिससँगै अब डीआइजीको पनि केही दिनमै बढुवा सिफारिस गर्ने गृहमन्त्रालयको तयारी छ । अब नेपाल प्रहरीमा प्राविधिकसहित ४ एआइजी र १९ डीआइजी रहने छ्न् ।

सम्बन्धित समाचार

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

काठमाडौं, ११ कात्तिक-उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट तथा संवादका लागि आएका बताएका छन् । उनले नेपाल सरकारको...

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

सेन्ट्रल मलमा फिटनेसका लागि जुम्बा खुल्दै

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आउने भएको छ । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा चाँडै संचालनमा आउने सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए । सेन्ट्रल मलमा...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्