पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा सोमबार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा आठ, सोलुखुम्वु र उदयपुरमा तीन÷तीन, पाँचथर र ताप्लेजुङमा दुई÷दुई र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा चार, बेलबारीमा तीन, कटहरी र पथरीशनिश्चरेमा दुई÷दुई, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको झापा गाउँपालिकामा १४, दमकमा नौ, अर्जुनधारामा छ, विर्तामोड, भद्रपुर र हल्दिबारीमा दुई÷दुई, गौरीगञ्ज, कनकाई र गौरादहमा एक÷एक, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा एक, सुनसरीको इटहरीमा १०, इनरुवामा तीन, बराहक्षेत्र र देवानगञ्जमा दुई÷दुई, हरिनगर र दुहवीमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उता संखुवासभाको खाँदबारीमा चार, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा एक÷एक, सोलुखुम्वुको थुलुङ दुधकोशीमा तीन, उदयपुरको त्रियुगामा दुई, चौदण्डीगढीमा एक, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङको फुङलिङमा दुई र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार ८ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...

संवैधानिक नियुक्तिका विषयमा प्रतिपक्षसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, ३१ भदौ-सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ ।  प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी...

सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा,...

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

महानगर प्रवेश गर्ने मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ ।विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्