वर्ष/वर्ष दिनमा सरकार फेर्न बानी परेकाहरूलाई छट्पटी भयो : परराष्ट्रमन्त्री ज्ञवाली

 न्यूज विराट
वर्ष/वर्ष दिनमा सरकार फेर्न बानी परेकाहरूलाई छट्पटी भयो : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् । उनले वर्ष/वर्ष दिनमा सरकार फेर्न बानी परेकाहरूलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गरे । गुल्मीको सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपामा केही समयदेखि देखिएको विवादमाथि टिप्पणी गर्दै जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा रिजल्ट, डेलिभरी र आउटपुट रहेको बताए ।

वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उनले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गरे । सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी गर्नुभन्दा रचनात्मक सुझाव दिनसमेत दलहरूलाई उनले आग्रह गरे ।

उनले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने चेतावनीसमेत दिए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढेको उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको एक करोड ९६ लाख ४२ हजार ७९८ लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाश न्यौपानले बताए ।

त्यसैगरी मन्त्री ज्ञवाली आज सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा पहिरो पीडितका लागि निर्मित नमूना एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा समेत सहभागी बनेका थिए ।

सम्बन्धित समाचार

औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । संघको भवनमा...

सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

सिरहा, ३१ वैशाख । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी...

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो । आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने...

जलवायु अनुकुलित कृषिका लागि तालिम

विराटनगर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समयखण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम सम्पन्न भएको छ ।तालिमको उद्घाटन गर्दै परम्परागत कृषि प्रणालीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्