सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

 न्यूज विराट
सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय सभाद्वारा संयुक्त रुपमा आइतबार विराटनगरमा आयोजित कोभिड–१९ जस्तो माहामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म रोगको उपचार र प्रविधि नरहेको हुनाले नियन्त्रणका लागि जनप्रतिनिधिहरुले जनतालाई सूचना प्रविधिको प्रयोगगरी सुसूचित गराउनु आजको आवश्यक्ता भएको औल्याए । उनले कोरोना विश्व युद्धभन्दा खतरनाक रहेकोले विश्व स्वास्थ्य संंगठनको मापदण्डलाई पालना गरी मानवीय जीवन र आर्थिक कार्य चलायमान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले पूर्व सावधानी अपनाउनु , संक्रमित भै हाले के गर्ने ?,यस्को समाधान सम्वन्धमा जनता समक्ष सहि सूचना लिएर जनप्रतितिधिहरुले घरदैलो गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश१ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम एवं उपचारका लागि व्यवस्थित योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको दावी गरे । उनले कारोना नियन्त्रणका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै जनतालाई सचेतना जागृत गराउन जिल्ला, स्थानीयतह र वडास्तरका कार्य गर्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आउने निश्चित नभएकाले यसबाट आफू, आफ्नो परिबार, समाजलाई बचाउन, सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षित उपायका बारेमा जनतामा चेतना जागृत गर्नु नै महत्वपूर्ण रहेको बताए ।

उनले प्रदेश सरकार संक्रमित जनतालाई सहज र गुणस्तरीय उपचार प्रदान गर्न सचेत र सजग भै थप आइशोलन निर्माण कार्य गरिरहेको बताउदै निजी क्षेत्रको कोभिड अस्पतालको अनुगमन गरी नेपाल सरकारको नीतिलाई पालना गरी जनतालाई निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी दिए ।

सामाजिक मन्त्री जीवन घिमिरेले संक्रमितको उपचारका लागि संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा उच्च सुविधा सहितको विराटनगर, धरान र झापामा आइशोलन निर्माण भइरहेको जानकारी दिदै जनताको उपचारका लागि निजी क्षेत्रको कोभिड अस्पतालले सरकारको नियमलाई पालना गर्नुपर्ने बताए ।

प्रदेश नंं १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द वहादुर कार्की र विश्व स्वास्थ्य संगठनका नेपालस्थित कार्यालयका विज्ञ डा.सुदूर वर्माले कोरोना नियन्त्रण र न्यूनिकरणमा जनप्रतिनिधि र स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा संघीय सांसद, प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाका प्रतितिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा इन्टर महिला त्रिकेट प्रतियोगिता शनिबारदेखि, आधा दर्जन विद्यालयको सहभागि

विराटनगर । प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको...

कोशी अस्पतालका अध्यक्षद्धारा संचारकर्मी दासमाथि दुर्व्यवहार

विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् । विराटनगर – ६ घर भएकी...

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...

कपनबाट डेढ लाख थान मास्क बरामद

काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

कोशीको प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा : आइतबार १० बजेलाई पेशी तोकियो

विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले संसदीय दलका नेता...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्