ओलीद्वारा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव

 न्यूज विराट
ओलीद्वारा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् ।

उपाध्यक्ष गौतमलाई भेट्नका लागि नेता पोखरेल साँझ भैँसेपाटी पुगेका थिए । भेटमा नेता पोखरेलले सचिवालयमा जाने काउन्टर प्रस्तावमा समर्थन जनाउनका निम्ति आग्रह गरेको उपाध्यक्ष गौतमको सचिवालयले जानकारी दिएको छ ।

जवाफमा उपाध्यक्ष ओलीले पार्टी एकतामा बाधा पुग्ने कुनै पनि गतिविधिमा आफूले सहमति नजनाउने जवाफ दिएको गौतमको सचिवालयले जनाएको छ । ‘पार्टी एकताको पक्षमा आफूले यसअघि नै ६ बुँदे प्रस्ताव अघि सारेकाले त्यहीअनुसार अघि बढ्नुपर्ने सन्देश उहाँले दिनुभएको छ कुनै पनि प्रतिवेदनको पक्षमा आफू नखुल्ने सन्देश उहाँको छ,’ गौतमको सचिवालयका एक सदस्यले शिलापत्रसँग भने ।

गौतम सकंटको समयमा ओलीसँग निरन्तर उभिएका पात्र हुन् । तत्कालीन एमालेमा रहँदा ओलीलाई अध्यक्ष बनाउनेदेखि २०७० सालमा अध्यक्ष झलनाथ खनाल र केपी ओलीबीच संसदीय दलको नेता चयनमा प्रतिस्पर्धा हुँदा गौतमले ओलीलाई साथ दिएका थिए । पछिल्लो समय नेकपाभित्र एक व्यक्ति एक पदको माग राख्दै विवाद चर्किएपछि बामदेव गौतमले ६ बुँदे प्रस्तावअघि सार्दै ओलीको सत्ता संकट टारिदिएका थिए ।

तर, ओलीबाट भने उनले निरन्तर धोका पाउँदै आएका छन् । पछिल्लो समय राष्ट्रियसभाको सदस्यमा गौतमलाइ मनोनयन गर्ने विषयमा समेत ओली गौतमप्रति सकरात्मक थिएनन् । सचिवालयमा रहेका बहुमत सदस्यले ओलीलाई दबाब दिएपछि उनी गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन बाध्य भएका थिए ।

पार्टीभित्र संकट परेको समयमा ओलीले गौतमलाई गुहार्ने गरेका छन् । यसअघि पनि मन्त्रिपरिषद्मा यथोचित स्थान दिने भन्दै ओलीले गौतमलाई फकाउने कोसिस गरेका थिए । हाल पनि नेता पोखरेलमार्फत त्यही प्रस्ताव गएको गौतमको सचिवालयले जनाएको छ । त्यसको जवाफमा गौतमले अध्यक्ष ओलीले पहिले स्वेच्छाचारी शैली सच्याउनुपर्ने माग राखेका छन् ।

नेकपाको सचिवालय ९ सदस्यीय छ । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।

अहिले  प्रचण्ड पक्षको प्रतिवेदन आएपछि ओली पक्षले काउन्टर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । दुवैका प्रतिवेदनमा एक अर्काप्रति आरोप प्रत्यारोप समावेश छन् । शनिबार बिहान १ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । नेकपाको सचिवालय बैठकमा प्रतिवेदनलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ ।

सम्बन्धित समाचार

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प...

इद उल फित्रले सबै नेपालीको आपसी सद्भावलाई प्रगाढ तुल्याउने छः राष्ट्रपति भण्डारी

काठमाडौं, १२ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा  रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छिन् । इस्लाम धर्मावलम्बीले मनाउँदै...

बजेटबारे निजी क्षेत्रसँग कांग्रेसको छलफल : ‘सर्भाइभ’ र ‘रिभाइभ’मा सरकारको सहयोग आवश्यक

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्याल सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरूको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा...

कर्मचारीलाई खाजा भत्ता दिने कोशी प्रदेश सरकाको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले आइतबार यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्