काठमाडौं उपत्यकामा थपिए १००७ संक्रमित

 न्यूज विराट
काठमाडौं उपत्यकामा थपिए १००७ संक्रमित

काठमाडौं, ८ मंसिर-काठमाडौं उपत्यका पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५४ जना महिला र ५५३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १ हजार ४९८ र भक्तपुरमा ६२८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, देशभर पछिल्लो २४ घन्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज ३ हजार ४३ जना डिस्चार्ज भएको मन्त्रालयले पुष्टि गरेको छ ।

सम्बन्धित समाचार

सेनाको पृतना दिपायलबाट कैलाली सर्‍यो

कैलाली, ३० वैशाख-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त...

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

आत्महत्या रोकथाम प्रशिक्षण तालिम सकियो

विराटनगर । चिकित्सकहरुलाई आत्महत्या रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजना उक्त तालिम विराटनगरमा भएको हो ।संघको साईन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराईगाईको अध्यक्षतामा शुरु भएको...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्