तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

 न्यूज विराट
तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले वर्षका सबैजसो चाडपर्व कोभिड–१९  महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गरिन् । ‘यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन,’ सन्देशमा भनिएको छ, ‘चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।’

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा  देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने उनको विश्वास छ ।

सम्बन्धित समाचार

विराटनगरमा थप सय बेडको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल...

दक्षिण कोरिया : पहिलोपटक बिरालोमा कोरना सङ्क्रमण पुष्टि

एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...

विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ :...

मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...

आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्