५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

 न्यूज विराट
५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

जनकपुरधाम, ३० कात्तिक-जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ ।

शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम–२० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका– ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताए । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताए ।

सम्बन्धित समाचार

विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा विराटनगरको सरस्वती र सत्यनारायण मावी विजयी भएका छन् ।विराटनगरमा आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७...

तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।१२ पिन्ट अत्ति आवश्यक भएका...

पाँच दलीय गठबन्धन तोडेर होइन, कायमै राखेर एमालेले चुनाव जित्छ:ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ...

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश...

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्