मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

 न्यूज विराट
मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

बुटवल,  २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् ।  मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो मुख्य प्रयत्न रहेको भुसालले स्पष्ट पारे ।

बुटवल उपमहानगरपालिका–१९ मा निर्माण गरिएको दुर्गा मन्दिरको सामुदायिक भवनको शनिबार बिहान उद्घाटन गर्दै भुसालले भने, ‘किसानको उत्पादन विक्री गरेर उनीहरुको सबै आवश्यकता पूरा गरेर बचत गर्ने सक्ने गरी कृषि क्षेत्रका विकास गर्दैछु । त्यस्तो व्यवस्था देखिन ४÷५ वर्ष लाग्छ । अहिले मेरो ध्यान त्यसैमा छ । मल नल्याउने ठेकेदारलाई कारबाही गरिएको छ । अब काम गर्छु भन्ने तर, नगर्नेले प्रवेश पाउँदैनन् ।’

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री भुसालले हिउँदे बालीका लागि पर्याप्त मल नेपाल भित्रिएको जानकारी दिए । ‘मल नल्याउने ठेकेदारलाई कारबाही गरिएको र अब काम गर्छु भन्ने तर नगर्नेले प्रवेश मन्त्रालयमा ठेकेदारले प्रवेश नपाउने बताए ।

‘म विद्यार्थी राजनीतिमा हुँदा पनि किसानलाई मल र बिउ उपलब्ध गराउ भन्दै नारा लगाउथ्यौं । अहिले मन्त्री हुँदा पनि त्यही भन्नुपर्ने अवस्था छ । हेर्नुस त अवस्था कहिलेदेखि बिग्र्रिएको होला ?’ भन्दै भुसालले प्रश्न गरे ।

भुसालले थपे, ‘धानका लागि ठेकेदारले धोका दिएर मल नआए पनि हिउँदे बालीका लागि पर्याप्त मल विराटनगर, भैरहवा र पश्चिततर्फका डिपोमा आइसकेको छ ।

‘मलमा चुहावट पनि हुने रहेछ । युरिया मल किसानहरुलाई नदिएर मदिरा बनाउन र प्लाइउड उद्योगतर्फ पनि विचौलियाले पु¥याउँदा रहेछन् । त्यसतर्फ किसानहरु पनि सचेत हुनुपर्छ,’ मन्त्री भुसालले भने ।

सम्बन्धित समाचार

भक्तपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

भक्तुर, १२ वैशाख-अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय...

नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र...

विराटनगरका मासु पसलले तोकिएको मापदण्ड पूरा गरेन, ३ सय मासु पसलमा आधा मात्रै दर्ता

विराटगगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमा सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

२४ घण्टामा थपिए ३७८ कोरोना संक्रमित, ४९९ जना डिस्चार्ज

काठमाडौं, २४ साउन-शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

विराटनगर । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्