सीमा विवादलाई लिएर चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको टिप्पणीप्रति नेपाली कांंग्रेसको आपत्ति

 न्यूज विराट
सीमा विवादलाई लिएर चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको टिप्पणीप्रति नेपाली कांंग्रेसको आपत्ति

काठमाडौं, २८ कात्तिक-चिनियाँ मुखपत्र ग्लोबल टाइम्स पत्रिकाको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेकाेे केन्द्रीय समिति बैठकले नेपाल-चीन सीमा स्तम्भमा देखिएक‍ो समस्याका विषयमा पार्टीको तर्फबाट अध्ययन गरेकै आधारमा चिनियाँ पत्रिकाले आफूलाई भारतपरस्त भनी गरेको टिप्पणीको  निन्दा गर्दै टिप्पणी आधारहीन रहेेेको जनाएको छ।  

 १० नोभेम्बरमा प्रकाशित ग्लोबल टाइम्सले कांग्रेसलाई भारतपरस्त रूपमा चित्रित गरेको छ। `चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको न‍ोभेम्बर १० मा प्रकाशित लेखप्रति कांग्रेको गम्भीर ध्यानाकर्षण भएको छ´, कांग्रेस निर्णयमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो।´ नेपाल-चीन सीमाको सम्बन्धमा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले तयार पारेको प्रतिवेदनलाई लिएर चिनियाँ दूतावासले लेखेको पत्रलाई पनि कांग्रेसले अमैत्रीपूर्ण भएको जनाएको छ । कांग्रेसले विवाद निरुपणमा नेपाल सरकारले समेत अग्रसरता नदेखाएको आरोप लगाएको छ ।

सम्बन्धित समाचार

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

श्रम र रोजगार क्षेत्र कमजोर भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...

भाेलि दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट बानेश्वरमा

काठमाडाैं, २४ वैशाख-राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो...

२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।...

रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्