नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

 न्यूज विराट
नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेको र बैठक बस्न नसकेको स्थितिमा कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्रका बारेमा छलफल भएको बताए ।

यसका साथै पार्टीमा देखिएको समस्या समाधानका सन्दर्भमा अध्यक्ष प्रचण्डले तयार गरेको प्रस्तावका बारेमा पनि छलफल भएको छ । उनले आजको सचिवालय बैठकमा स्थायी कमिटीको बैठक पछाडि जारी गरिएको अन्तर्पार्टी निर्देशिका सबै सचिवालयका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको बताए ।

‘स्थायी कमिटीको बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सबै सचिवालयका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ’ उनले भने, ‘सबै सामग्रीको अध्ययन गरेपछि मात्रै पार्टीमा गम्भीर र समग्रतामा छलफल गरी पार्टी एताको रक्षा गर्दै पार्टीलाई अझै सदृढ बनाउने र पार्टी र सरकारका सामू रहेको जिम्मेवारी पूरा गर्ने दिशातिर जाने निष्कर्ष निकालेको छ ।’

त्यसैगरी आज बैठकमा पार्टीभित्र उत्पन्न संकट समाधान गर्न कार्यसूची बनाएरअघि बढ्ने निष्कर्ष निकाल्दै त्यसका लागि छलफलअघि बढाउने निर्णय भएको उनले बताए । ‘सचिवालयको बैठकमा पार्टीमा उत्पन्न संकट समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्न निष्कर्ष निकालियो । त्यो कार्यसूचीअन्तर्गत यसअघिको स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भ, कर्णाली, पर्सालगायतकाका घटना क्रम कोभिड १९ रोकथाम उपचार तथा त्यसले पैदा गरेको आर्थिक संकट र यसबीचमा मुख्य कार्यसूची पार्टीमा देखिएको संकट र त्यसको निवारणका लागि अगाडि बढ्ने निर्णय भएको छ,’ उनले भने ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठक ४५ मिनेटमै सकिएको थियो । बैठक पुन: पार्टी सचिवालयको बैठक ३ मंसिर १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई...

उच्च शिक्षा अध्ययनका लागि दुई छात्रालाई छात्रबृत्ति

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउने जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययनका लागि क्लबले दुई जना छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको हो । छात्राहरुलाई अध्ययनमा सहयोग भनेर दुई जनालाई...

फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...

मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख-खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ४ स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन् ।मन्त्री मगरले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल...

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति...

अनुसन्धानमा अब्बल प्रहरी नायव निरीक्षक खत्री अवकाश, भव्य भयो विदाई

विराटनगर । अपराध अनुसन्धनमा अब्बल कहलिएका प्रहरी नायव निरीक्षक भीम बहादुर खत्री अवकास भएका छन् । धनकुटा फलाटे ३ घर भएका खत्री आइतबार उमेर हदको आधरमा अनिवार्य अवकाश भएका हुन् । उनी २०५१ साल चैत्र...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

विराटनगर । नेपालमा दिनप्रतिदिन बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारको विषयलाई लिएर मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष छलफलमा सहभागी गराउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। मोरङ उद्योग व्यापार संघको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्