देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

 न्यूज विराट
देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् ।

देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी  दिए  । यसमा, काठमाडौं जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा ६ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना  रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना संक्रमित थपिएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित हुँदा काठमाडौं उपत्यकामा १९ हजार ३८४ जना  रहेका छन् । काठमाडौं जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौं जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा ५ हजार ३८३ र ललितपुरमा ८ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

देशभर १ हजार १२६ जना संक्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौं जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् ।

अहिलेसम्म काठमाडौं जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभर ३६ हजार १७४ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको  सघन उपचार कक्ष (आईसीयू)  र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  देशभर ९ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।  हालसम्म  १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१  जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको  स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । रासस

सम्बन्धित समाचार

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...

विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालालाई महानगरले स्वागत गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

लिखित बयान दिएपछि रामकुमारी रिहा

काठमाडौं, माघ २९-दिनभरीको ‘हाइ ड्रामा’ पछाडी लिखित बयान दिएलगत्तै प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । पाँच घण्टाभन्दा केही बढि महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी झाँक्रीले लिखित बयान दिएपछि रिहा भएकी हुन् ।...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्