कांग्रेस महाधिवेशनः कुलबहादुरले हाले पहिलो भोट - News Birat

कांग्रेस महाधिवेशनः कुलबहादुरले हाले पहिलो भोट

न्यूज विराट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो मतदान गरेका छन् ।

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा निर्वाचन सुरू भएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका मतदाताले मतदान गर्दैछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles