म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

 न्यूज विराट
म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

‘तपाईंहरू विचार गर्नुस के अहिले मैले राजीना दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो,’ उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु, फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्नसमेत आग्रह गरे ।

‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस्,’ उनले भने, ‘यो सरकार फेरिन्छ की बदलिन्छ की धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरू आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरू छन त्यसबाट प्रभावित नहौँ ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरू देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए । ‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरू गर्ने आदत छ केहीको । एडिक्ट भएका छन कोही’ उनले भने ।

सम्बन्धित समाचार

विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...

सप्तरीमा एकैदिन ४३ जनाले जिते कोरोना 

सप्तरी, २२ साउन -सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार एकैपटक ९ महिलासहित ४३ जना निको भएका हुन् ।  उनीहरूको अन्तिम...

संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्नेछु : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...

कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

काठमाडौं, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने...

केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

काठमाडौं, २९ चैत-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का २ सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...

सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्