संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

 न्यूज विराट
संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् ।

काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् । यस्तै, भेन्टिलेटरमा प्रदेश- १ मा नौ जना, वागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रूपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ । रासस

सम्बन्धित समाचार

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना...

प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।समितिको उपाध्यक्ष...

दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

जनकपुर, २१ पुस-नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई दल फोडुवा समूह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले उनीहरुको कारणले कम्युनिष्ट आन्दोलन नै बदनाम भएको जिकिर गरे ।...

गृह जिल्लामा देउवाले पठाए राहत सामग्री

डडेल्धुरा, २३ जेठ-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि राहत सामग्री पठाएका छन् । स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै उनले राहत सामग्री पठाएका हुन् । सभापति...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्