प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित

 न्यूज विराट
प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।
विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।
समितिको उपाध्यक्ष सुजन तिमिल्सिना, सुजता लिम्बु, सेसेहाङ लाओति, महासचिव गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिमिल्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी रहेका छन् । त्यसैगरी सदस्यीयहरु हरी अधिकारी, बाबुराम मुडियारि, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानिया, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए । प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको उनले बताए । नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पुर्वमन्त्री गणेश उप्रेती सुशिलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताए । समाजवादी उद्देश्यलाई केन्द्रमा व्यावसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।
डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्गले प्रदेश अधिवेशन त्यो चुनौति चिर्नुपर्नेमा जोड दिए ।
उद्घाटन शत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ केशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ । जसपाका ३२ जना सांसदमध्ये कांग्रेस...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स...

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि सूदुरपश्चिम प्रदेशलाई

विराटनगर । साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सूद्रले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई...

२ सातामा विदेशबाट ७ हजार नेपालीको उद्धार 

काठमाडौं, १० असार-कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन...

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली विराटनगर सिटी बीसीएफले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्