प्रदेश १ मा ८०३ को परिक्षण गर्दा २२२ जनामा कोरोना पुष्टि

 न्यूज विराट
प्रदेश १ मा ८०३ को परिक्षण गर्दा २२२ जनामा कोरोना पुष्टि

विराटनगर, १५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुई सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष रहेका छन् । मोरङको बुढीगंगामा पाँच, पथरीशनिश्चरेमा चार, सुन्दरहरैचामा तीन, सुनबर्षी, लेटाङ र जहदामा दुई÷दुई, केराबारी, रंगेली र बेलबारीमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा सात, बराहक्षेत्रमा तीन, बर्जु, गढी र दुहवीमा एक÷एकब जना, झापाको दमक र विर्तामोडमा छ÷छ, कनकाईमा पाँच, मेचीनगरमा चार, बुद्धशान्ति र भद्रपुरमा दुई÷दुई, हल्दीबारी र शिवसताक्षीमा एक÷एक र स्थानीय तह नखुलेका दुई जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा एक÷एक, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार एक सउ ७५ पुगेको छ ।

प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट नौ, न्युरो अस्पतालबाट पाँच, मेची अस्पतालबाट तीन र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १० हजार आठ सय ५० पुगेको छ ।

प्रदेश १ मा शनिबार आठ सयतीन जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय पाँच महिला र एक सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश १ मा हालसम्म एक लाख ५९ हजार सात सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा भबेस

विराटनगर । लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा श्याम लाल पौडेल (भवेस) चयन भएका छन् । पौडेल वर्ष २०२४–०२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।यसैगरी क्लबका प्रथम उपाध्यक्ष शर्वण कान्त दाहाल, द्धितीय उपाधयक्षमा पंकज कर्ण,...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १७ जेठ-सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका १ महिलासहित ९ जनामा...

रंगेली नगरपालिकाका मेयर बगडीयालाई कोरोना संक्रमण

विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...

पर्सीदेखि फेरी विराटनगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदै (सूचनासहित)

विराटनगर, ७ माघ । विराटनगरमा फेरी कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आइतबारदेखि माघ १४ गतेसम्म विराटनगरका सवै वडाहरुमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । यस अघि कोरोना भाइरसविरुद्धको...

विराटनगरमा ६७ औँ सहकारी दिवस भव्यरुपमा मनाइने

विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।यसका...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्