हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

 न्यूज विराट
हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आ-आफ्नै घरमा मोहम्मद डे मनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताए ।

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेर मोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताए । मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उनको छ ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने र मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ । रासस 

सम्बन्धित समाचार

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्