आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

 न्यूज विराट
आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा १ हजार ४ सय ४६ पुरुष र ७ सय ७९ महिला रहेका छन् । आज उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा २ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ । आज देशभर १३ हजार ८ सय ४६ जनाको पीसीआर गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार १३ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

सम्बन्धित समाचार

स्पेनिस ला लिगाका बाँकी खेलहरु जुनमा सुरु गर्ने योजना

एजेन्सी, बैशाख २३-स्पेनिस ला लिगाका बाँकी खेलहरु आगामी जुन महिनामा सुरु गर्ने तयारी थालिने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगाका खेलहरु पुनः खेलाउने तयारीमा आयोजक जुटेका हुन् । स्पेनमा कोरोना भाइरसका...

मोरङमा दुईसहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

विराटनगर, १८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज

काठमाडौं, जेठ २८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा

काठमाडौं, ३० वैशाख-नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  सरकारले आशा जगाउने खालको कार्यक्रम नल्याएको दाबी गरेका छन् । समकालीन विद्वान्हरूमध्ये सर्वाधिक विद्वान् र अनुभवीको पहिचान अर्थमन्त्री डा. खतिवडालाई दिइने गरे पनि उनले नयाँ र आसलाग्दा कार्यक्रम...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्