छोरीलाई गोली हान्ने बुबा कारागार चलान

 न्यूज विराट
छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि १६ असोजमा भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई १७ असोजमा पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन सुरु गरेका छन् । अहिलेसम्म १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।

सम्बन्धित समाचार

माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता...

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ

एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...

विराटनगरमा भोली दक्षिण एसियाकै ठूलो रथयात्रा निस्किदै, रथ यात्राको तयारी पुरा

विराटनगर । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो । रथयात्रा सम्पन्न...

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।सख्त घाइते भएका एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्